संगीत

गीत चोरी मुद्दामा टेलरले अदालतको सामना गर्नुपर्ने

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १७:५ बजे

लसएन्जल्स -गीत चोरीको मुद्दा खेपिरहेकी टेलर स्विफ्ट अदालतमा उपस्थित हुनुपर्ने भएको छ । टेलर स्विफ्टको ‘सेक इट अफ’ गीतलाई चोरीको आरोप लागेको थियो । टेलरले मुद्दा खारेज गर्न दिएको निवेदन अदालतले अस्वीकार गरेपछि टेलरले अदालतको अनुहार नहेरी नहुने भएको हो ।

सार्वजनिक भए लगत्तै यो गीतलाई महिला गायन समूह थ्रीएलडब्लुले गाएको ‘प्लेयर्स गोना प्ले’सँग मिलेको आरोप लागेको थियो । न्यायाधिसले गीतको शब्द दुरुस्त नमिले पनि थुप्रै समानता देख्न सकिने बताएका छन् । यही आधारमा टेलरको मुद्दा खारेज गर्ने अनुरोधलाई अदालतले अस्वीकार गरेको थियो । टेलरको सुनुवाईको समय भने अदालतले तोकेको छैन । 


‘सेक इट अफ’ टेलरको हिट गीतमध्ये एक हो । सार्वजनिक भएको केही समयमै गीत अमेरिकामा सर्वाधिक बिक्री हुने गीतको रुपमा अगाडि आएको थियो भने बेलायतमा पनि दोस्रो नम्बरमा रहेको थियो । 


Author

थप समाचार
x