र्यापर बालेन काठमाडौँको मेयर उठ्ने, ‘स्याडोज’का स्वप्निल शर्माले उनको झोला बोक्ने
काठमाडौँ- वर्षौँदेखि पार्टी राजनीति गरिरहेका व्यक्ति विनाप्यानल उठ्दा कार्यकर्ताले फिटिक्कै पत्याएका छैनन् । एमालेका भीम रावलदेखि कांग्रेसका महेश आचार्यले माया लाग्दो मत पाएका छन् । तर, ताजा चुनावको परिणाम बेवास्ता गर्दै र्यापर बालेन शाहले काठमाडौँको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उनले बुधबार आगामी स्थानीय चुनावमा आफू काठमाडौँको मेयर उठ्ने घोषणा गरेका हुन् । उनले गरेको घोषणाको समर्थन गर्दै स्याडोज ब्यान्डका लिड भोकलिस्ट स्वप्निल शर्माले बालेको मेयरमा उठे, आफू उनको झोला बेच्न तयार रहेको बताएका छन् ।
बालनले आफूले गाउने र्यापमा पनि नेताहरुलाई व्यंग्य गर्दै आएका छन् । उनले लगभग हरेक गीतमा नेतालाई गाली गर्ने गरेको पनि सुन्न सकिन्छ । पेसाले इन्जिनियर बालेन एक दर्जन हाराहारी गीत गाएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया