सरानाको ‘मिठो बोली’मा निराजन र उषा
काठमाडौं– गायिका सराना श्रेष्ठको स्वरमा नयाँ गीत ‘मिठो बोली’ सार्वजनिक भएको छ । आइतवार सार्वजनिक भएको गीतमा दीपक शर्माको शब्द र संगीत तथा राजेन्द्र बजगाईंको एरेञ्ज छ ।
गीतको भिडियोमा निराजन प्रधान, उषा उप्रेती र सराना श्रेष्ठको अभिनय छ । यस गीतमा श्रीमतीले आफ्नो श्रीमानबाट सधैँ राम्रो व्यवहार र मीठो बोलीको अपेक्षा राखेको भिडियोमा देख्न सकिन्छ । तर यो अपेक्षा विपरित श्रीमानले सधैं उनलाई बेवास्ता गर्छन् । पछि भने उनले श्रीमतीलाई दिएको दुख र व्यस्त हुँदा गरेको हेलाबाट आफूलाई पछुतो भएको भिडियोमा दर्शाइएको छ ।
भिडियोमा रमेश थापाको सम्पादन, प्रविण मानन्धरको कलर, सुरेन्द्र बसेलको कोरियोग्राफी, हरि हुमागाईंको छायांकन र सराना श्रेष्ठकै निर्देशन छ ।
भिडियो हाई वेभ इन्टरटेनमेन्ट युटुब च्यानलमार्फत सार्वजनिक भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया