सागर र ज्ञानन्दरीको मञ्जरी बजारमा
काठमाडौँ- गायक तथा संगीतकार सागर सरद अधिकारी र साहित्यकार ज्ञान्दरी कैनीको सांगीतिक गजल संग्रह ‘मञ्जरी’ सार्वजनिक भएको छ। गतसाता काठमाडौंको हार्दिक होटलमा बरिष्ठ गीतकार तथा समालोचक डा. कृष्णहरी बरालको प्रमुख आतिथ्यतामा गजलसंग्रह ‘मञ्जरी’ सार्वजनिक गरिएको हो।
लामो समयदेखि साहित्य लेखनमा सक्रिय ज्ञान्दारीको यो पहिलो गजल संग्रह हो। संगीतकार अधिकारी भने पछिल्लो समय सक्रिय रुपमा संगीतमा देखा परेका छन्। उनको संगीतमा थुप्रै गीत बजारमा आइसकेका छन्। उनी गायक पनि हुन्।
सार्वजनिक ‘मञ्जरी’ गजल संग्रहमा ४ गजल संग्रहित छन्। सबै गजलमा अधिकारीले नै स्रंगीत गरेका हुन्। संग्रहभित्रको एउटा गजल संगीतकार अधिकारीकै स्वरमा सुन्न सकिन्छ। अन्य गजलमा भने निशा देशार, मिलन नेवार र सत्यराज आचार्यको स्वर सुन्न सकिन्छ। विमोचन समारोहमा एल्बमभित्रका गजल माथि कृष्णहरी बराल र संगीत माथि बरिष्ठ संगीतकार राजु सिंहले समिक्षा गरेका थिए।
अल्टा ग्राफिक्सले बजारमा ल्याएको उक्त एल्वममा ‘मदिराले आज’, ‘सागरको छाल जस्तै’, ‘मनमोहनी’ र ‘सिंगो रात’ गरी चार गजल संग्रहित छन्। एल्वमका गजलमा शाहस शाक्य र संजय श्रीपालको संगीत संयोजन रहेको छ।
एल्वम भित्रको एक गजलको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ। सार्वजनिक गजलको म्यूजिक भिडियोमा केकी अधिकारी र प्रिन्स विश्वकर्माले अभिनय गरेका छन्। शुरेन बसेलले निर्देशन गरेको भिडियो छायांकन उत्सव दाहलले गरेका हुन्। भिडियो सम्पादन विकाश दहालले गरेका हुन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया