संगीत

श्रृष्टिको प्रेममा पागल भएका सनमलाई धोका !

इकागज |
माघ ५, २०७७ सोमबार १२:३ बजे

काठमाडौं : युवा पुस्ताले रुचाएका गायक किरण भुजेलको स्वरमा रहेको ‘फूल टिपी’गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । केशब बैरागी माइलोले लेखका शब्दमा सुनिल राईको संगीत रहेको गीतमा नेपाल आइडलका स्टार भुजेलले स्वर दिएका हुन् ।

भिडियोमा सदाबहार लभर ब्वायका रुपमा परिचित मोडल सनम कठायतको मुख्य भूमिका छ । मोडल श्रृष्टि खड्काको प्रेममा सनमले धोका पाएको कथा भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा दिनेश कठायतको पनि अभिनय छ ।


चर्चित गायकका स्वरमा सजिने गीतका प्राय भिडियोमा अभिनय गर्ने सनम सदाबहार मोडलका रुपमा परिचित छन् । भिडियोलाई अन्जान शर्माले निर्देशन गरेका हुन् ।

 


Author

थप समाचार
x