४८ विधामा दोश्रो स्पर्श म्युजिक भिडियो अवार्ड
काठमाडौँ - विभिन्न ४८ विधामा अवार्ड प्रदान गर्दै ‘दोश्रो स्पर्श म्युजिक भिडियो अवार्ड २०२१’ काठमाडौंमा सम्पन्न भएको छ । शनिबार काठमाडौंमा माहिरो फेसन एन्ड डिजाइनको प्रस्तुति तथा टच इन्टरटेनमेन्ट एन्ड स्पर्श फिल्म र पेजेन्ट नेपाल इन्टरटेनमेन्टको संयुक्त आयोजनामा अवार्ड सम्पन्न भएको हो ।
प्रमुख अतिथि वरिष्ठ गीतकार तथा शसस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनालले उद्घाटन गरेको सोही कार्यक्रममा अभिनेत्री शर्मिला मल्ललाई ‘स्पर्श लिजेन्ड्री एक्ट्रेस अवार्ड–२०२१’ सम्मानित गरियो ।
नेपाली चलचित्र तथा म्युजिक भिडियोमा करिब चार दशकदेखि अभिनयबाट निरन्तर योगदान दिएको भन्दै उनलाई समारोहमा सो अवार्डबाट सम्मानित गरिएको हो । अभिनेत्री शर्मिलाले सम्मान ग्रहण पछि यस्तो सम्मानले अझ काम गर्न उर्जा मिल्ने बताईन् । अभिनेत्री शर्मिला अभिनित आधा दर्जन गीतमा सम्मान अघि विभिन्न कलाकारहरुले नृत्य प्रस्तुत गरे ।
विशिष्ट योगदान सम्मानबाट अग्रज नृत्य निर्देशक बसन्त श्रेष्ठ, छायाँकार शिब ढकाल, मकेअप आर्टिष्ट रितु राना, चलचित्र पत्रकार विष्णु सुवेदी, चलचित्र महिला निर्देशक सम्झना उप्रेती रौनियार सम्मानित भए । फेसन कोरियोग्राफर हिमानी सुब्बा, रियालिटी शो कोरियोग्राफर नरेश वीर सिंह, युथ इन्टरप्रेटर अभिषेक लामा, फरक क्षमताको व्यक्तित्व सानुबाबु बज्राचार्य, सामाजिक योगदान सुनिल कटुवाल, अभिनय तथा मोडलिङ योगदान सम्मानबाट साक्षी लम्साल र रोहित रुम्बा सम्मानित भए ।
कार्यक्रममा सर्वोत्कृट आधुनिक गीतकार डायस्पोरा अवार्ड कृष्ट क्षत्रीलाई, सर्वोत्कृट गायकको अवार्ड काँडा उम्रियो गीतबाट सिताराम पोखरेललाई, सर्वोत्कृष्ट गायिकाको अवार्ड माया होकीबाट सुवानी मोक्तानलाई, सर्वोत्कृष्ट आधुनिक गीत म्युजिक भिडियो मोडलको अवार्ड पिरती बस्योबाट आशा पौडेललाई पाइन् । यस्तै सर्वोत्कृष्ट लोक आधुनिक गीतबाट गीतकारको अवार्ड हे गाजली गीतबाट डब्बु क्षत्रीले हासिल गरे ।
आधुनिकमै सर्वोत्कृष्ट भिडियो सम्पादक दिनसन शाहले, आधुनिक गीत म्युजिक भिडियो मोडल पुरुष अवार्ड जाडर्न राज भण्डारीले, पप गीत भिडियो सम्पादक अवार्ड बिजेश पौडेलले, म्युजिक भिडियो छायाँकारको अवार्ड लुज सिंहले, म्युजिक भिडियो कोरियोग्राफरको अवार्ड पिरती बस्यो गीतबाट केशब राज भट्टले प्राप्त गरे ।
लोकपप तर्फ गीतकार डायस्पोराको अवार्ड निर्मलराज परिवेशले, बाल गायनको अवार्ड यस श्री मर्हजनले, म्युजिक भिडियो बाल मोडलको अवार्ड परिष्ना बास्तोलाले, राष्ट्रिय भावको गीत भिडियो मोडलको अवार्ड रिचा थापाले प्राप्त गरे । यस्तै पप गीत भिडियो महिला मोडल अवार्ड एलिजा गौतमले, म्युजिक भिडियो पुरुष मोडलको अवार्ड सागर लम्सालले, म्युजिक भिडियो महिला निर्देशकको अवार्ड बिना श्रेष्ठले, म्युजिक भिडियो निर्देशकको अवार्ड सिमाना पारीबाट मिलन चाम्सले र सर्वोत्कृष्ट म्युजिक भिडियोको अवार्ड सिमाना पारीले प्राप्त गर्यो ।
लोक दोहोरी विधामा म्युजिक भिडियो सम्पादकको अवार्ड पदम सुवेदी, गायकको अवार्ड चिज गुरुङले, भिडियो मोडलको अवार्ड सुधिर श्रेष्ठ र करिश्मा ढकालले, म्युजिक भिडियो निर्देशकको अवार्ड दीपक मान सिंहले प्राप्त गरे । सर्वोत्कृष्ट पाश्र्व गायकको अवार्ड हर युग होस गीतबाट प्रताप दासले हाँसिल गरे ।
यस्तै जुरी अवार्ड गीतकार डायस्पोरा तर्फ उत्तम भण्डारीले, म्युजिक भिडियो नव निर्देशकतर्फ अर्जुन भुसालले, गायन तर्फ छेवाङ लामाले, म्युजिक भिडियो निर्देशक तर्फ देवेन्द्र पान्डे र कोरियोग्राफी तर्फ तेन्जु योन्जनले हासिल गरे । आदिवासी गीतमा विश्वास जंग रायमाझी र समिता गिरीले मोडल, सरस्वती मानन्धरले भिडियो र हिरा चौधरीले भिडियो निर्देशक अवार्ड प्राप्त गरे ।
कार्यक्रममा लोक पप र आधुनिक विधाबाट इमर्जिङ मोडलको अवार्ड विना रानामगर, आरध्य लक्ष्मी खड्गी र युवराज खतिवडाले इमर्जिङ कोरियोग्राफरको अवार्ड आशिष नापितले, नव गायकको अवार्ड गायक गणेश थापा हाँसिल गरे ।
अभिनेता एवम् आयोजक यसराज गराच, दिक्पाल कार्कीले सञ्चालन गरेको यो अवार्डको मुख्य निर्णायकमा रंगकर्मी वीरेन्द्र हमाल, निर्णायकमा नृत्य निर्देशक सुवास बुढाथोकी, अभिनेताद्धय प्रवण भुसाल, विशाल बिष्ट र गायिका सरिता भारती थिए । कार्यक्रममा गायिका सरिता भारतीले हे गाजली गीत गाएर समारोहको रौनक बढाएकी थिइन् । विभिन्न कलाकारले समारोहमा आधा दर्जन नृत्य प्रस्तुत गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया