संगीत

धरानको लुकुवामा  गुन्जिए राजेश पायल

इकागज |
बैशाख ३, २०७९ शनिबार ११:९ बजे

धरान ‍- बिहीवार वैशाख १ गते नेपाली नयाँ र्ष २०७९ को अवसरमा  आयोजित सांगीतिक कार्यक्रममा यो र्षकै आफ्नो पहिलो प्रस्तुति दिन गायक राजे पायल राई धरानको बगरकोट नजिकै  रहेको लुकुवा फेमिली रिसोर्टमा पुगेका थिए ।

मैले मायाले दिएको चिनो फाल्यो कि राख्यो भन्दै स्टेज प्रवेश गरेका गायक राजेश पायल राईले दर्शकलाई भरपुर मनोरञ्जन गराए। बेलुकी नौ बजे स्टेज उक्लिएका उनले करिब दुई घन्टा दर्शकलाई आफ्नो गलाको कलाले झुमाएका थिए। 


उनले धराने दर्शकलाई  दर्शन नमस्ते , नाइँ नभन्नु ल , मलाई पनि अंग्रेजीमा , टल टल , सायारेम,दुई चुल्ठी बाट्नेलाई  , हुरुक्कै भएँ म लगायतका आफ्ना डेढ दर्जन लोकप्रिय गीतहरु पस्किँदा दर्शकले लगातार साथ दिरहेका थिए। राईलाई गीतमा वान्स मोरको र्षा भएको थियो भने

राई इज किङको  सांगीतिक उपाधि पाएका राईले दर्शकलाई निरा बन्न दिएनन् । उनले लगातार आफ्ना पुराना र नयाँ हिट गीतहरु पस्केका थिए।

यता ननस्टप चलेको नयाँ र्षको सांगीतिक खुसी र उनको प्रस्तुति देश विदेशका दर्शकले पनि फेसबुक लाइभ बाट हेर्न पारहेका थिए। लाक र कमेन्टको वर्षा भएको थियो। ब्यस्त गायक राजे पायल राईको अब भने रोमानिया, सिक्किम, युके, युएसए र क्यानडामा म्युजिकल टुर रहेको छ।


Author

थप समाचार
x