इन्डियन आइडल पवनदीपको वैशाख ११ गते एलओडीमा कन्सर्ट
काठमाडौँ- इन्डियन आइडल 'पवनदीप राजन' नेपाल आउने भएका छन् । उनले ठमेलस्थित 'एलओडी' क्लबमा आगामी वैशाख ११ गते (आइतबार) प्रस्तुती दिने छन् ।
नेपाली नयाँ वर्षको सुरुवातमा विदेशी कलाकार ल्याएर पवनका फ्यानलाई नचाएर मनोरञ्जन प्रदान गरिने आयोजकले जनाएका छन् । होटेल याक एण्ड यतिमा १० र ११ गते ठमेलको एलओडीमा प्रस्तुति दिने कार्यक्रम रहेको छ।
सो कार्यक्रमका लागि २५ सय र ३ हजार रुपैयाँ टिकट दर तोकिएको छ । टिकटबाट उठेको रकम सामाजिक कार्यका लागि खर्च गरिने आयोजकले जनाएको छ । 'आइएमई पे' बाट अनलाइन टिकट खरिद गर्न सकिने जनाइएको छ ।
पवनदीप इन्डियन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । सोही प्रतिष्पर्धामा अरुणिता कांजीलाल दोस्रो बनेकी थिइन् । नेपाली नयाँ वर्षको सुरुवातमा इन्डियन आइडल पवनदीप ल्याएर नेपाली दर्शकलाई मनोरञ्जन दिन लागिएको क्लबका निर्देशक भुपेन कुवँरले बताए ।
'नेपाली नयाँ वर्ष २०७९ लागे यता नेपालमा पहिलोपटक विदेशी कलाकार ल्याउन लागेका छौ,' उनले भने,' `कोभिडले थलिएको ठमेललाई सांगीतिक माहौलले तताएर भए पनि उर्जा दिने छौ।`
यसअघि एलओडीमा बलिवुड तथा हलिवुडका कलाकारले प्रस्तुति दिइसकेका छन् । बलिवुडका नेहा कक्कर र अर्मन मल्लिकले आफ्नो शो गरिसकेका छन् । त्यसैगरी स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका विदेशी कलाकारले प्रस्तुती दिइसकेका छन् ।
पछिल्लो समय मुलुकमा कोभिड-१९ संक्रमणको जोखिम कम हुँदै गएपछि रात्रिकालीन समयमा रमाउने मानिसहरुको भीड बढ्दै गइरहेको छ ।
रोटरी क्लब अफ पाटन वेस्टको सहकार्यमा कार्यक्रम आयोजना हुन लागेको हो।
आयोजकका अनुसार काठमाडौँको विभिन्न स्थानहरु जस्तै लुना रेष्टुरेण्ट एण्ड बार ठमेल, लर्ड अफ ड्रिंक्स ठमेल, मोजो बुटिक होटेल बानेश्वर, लोकल रेष्टुरेण्ट मध्य बानेश्वर, रोयल एम्पायर बुटिक होटल बालुवाटारबाट समेत टिकट लिन सकिने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया