मुकेश, रफी र किशोर कुमार मिल्दा मात्र नारायणगोपाल बनिन्छ
नारायणगोपाल महान् मानिस थियो । यो देश दुई–तीनवटा कुरामा प्रसिध्द मानिन्छ । त्यसमध्ये एउटा सगरमाथा हो । तर म चाहिँ नारायणगोपाल भएका कारणले नेपाल प्रसिध्द छ भन्छु । त्यो मानिस साँचो अर्थमा सगरमाथा नै थियो ।
युगकवि सिध्दिचरण श्रेष्ठको गीति क्यासेट निकाल्ने क्रममा हामीले नारायणलाई एउटा गीत गाउन आग्रह गर्यौँ । त्यो गीत थियो, ‘मेरो प्यारो ओखलढुङ्गा ।’
उसले गाउँछु भनेर पनि गाइदिएन । अनि अति नै भयो भनेर एक दिन मैले नारायणलाई फोन गरेँ । हामीबीच आमाचकारी गाली चल्थ्यो, त्यस दिन पनि चल्यो । दसैँको बेला थियो । उसले भन्यो, ‘मैले सत्ताइस सय रुपैयाँ हारेको छु, अहिले कहाँ गीत गाउँछु ?’
यो कुरा सुन्नासाथ मैले एकजना छिमेकी भाइको हातमा तीन हजार रुपैयाँ दिएर ‘यो रुपैयाँ राख र गीत गाइदेऊ’ भनेर खवर पठाएँ ।
एक घण्टापछि नारायण दाइले गीत पनि नगाउने रे र पैसा पनि राख्न मान्नुभएन भन्दै त्यो भाइ फर्केर आयो ।
मलाई साह्रै रिस उठ्यो । भोलिपल्ट बेलुकी तीन बजे म र फत्तेमान दाइ उसको घर गयौँ । भाउजू बगैँचामा काम गर्दै हुनुहुँदो रहेछ । नारायण खोइ ? भनेर सोध्यौँ । उहाँले माथितिर देखाइदिनु भयो ।
उसले भन्यो, ‘मैले सत्ताइस सय रुपैयाँ हारेको छु, अहिले कहाँ गीत गाउँछु ?’
हामी माथि गयौँ । तर, नारायणलाई देखेनौँ । बाथरुम, भान्सा, बैठक सबैतिर खोज्यौँ । ऊ भेटिएन । भाउजूले फेरि पनि भर्खर माथि उक्लिएको भन्नुभयो । त्यहाँ एउटा कोठा बन्द थियो । मैले निकै बेर ढकढक्याएँ तर त्यो खुलेन ।
यता फत्तेमान दाइ पनि रिसाउन थाले, ‘तिमी पनि त ठूला कवि हौ, म पनि राम्रो कलाकार हुँ, हामीलाई बोलाएर यस्तो गर्ने ?’
मैले फत्तेमान दाइलाई सम्झाएँ, ‘यो कलाकार हो, योसँग नरिसाऔँ । यो मुडमा होला, अहिले जाऔँ ।’ हामी आजित भएर फर्कियौँ ।
त्यसको तीन दिनपछि एउटा पार्टीमा मैले नारायणलाई भेटेँ र साफसँग रिसाएँ, ‘तैँले त्यस दिन के गरेको ? हामी आउँदा भेट्न पनि नहुने ?’
उसले हाँस्दै भन्यो, ‘सरी यार, म त्यस दिन टिल्ल थिएँ । तिमीहरू आउँदा तीन बोतल रित्तिसकेको थियो, अनि कसरी तिमीहरूसँग गफ गर्न सक्थेँ त ?’
म ऊसँग रिसाउन पनि सकिनँ र खालि सोधेँ मात्र, ‘तँ गीत गाउँछस् कि गाउँदैनस् ?’
उसले गाउने मात्र होइन, भोलि नै १० बजे म्युजिक नेपालमा भेट्ने र गाउने वचन पनि दियो । मैले तत्काल म्युजिक नेपालमा फोन गरेर नारायण आउने जानकारी दिएँ । उनीहरूले पनि नारायणले गाउँदै छ भनेपछि सबै व्यवस्था झटपट मिलाए ।
म भोलिपल्ट त्यहाँ गएँ । नारायण पनि ठीक समयमा आयो । त्यस दिन ऊ साढे दश बजेतिर स्टुडियोभित्र पसेको पाँच बजेसम्म पनि बाहिर निस्केन, गाइरह्यो–गाइरह्यो ।
उसले यति मेहनत गरेर गायो– म छक्क परेँ । ऊ निस्केपछि हामी घर जान भनेर हिड्यौँ । कमलपोखरीतिर पुगेपछि कति पैसा लिन्छौ भनेर सोधेँ तर उसले पैसा लिन मानेन । ‘तैँले भनेर पो गाएको त्यसको के पैसा, बरु एक दिन त्यस पैसाले खसी खाउँला’ उसले भन्यो ।
मैले यो प्रसंग किन उल्लेख गरेको भने गीत गाउनलाई राम्रो स्वर भएर मात्रै पनि पर्याप्त हुँदैन, त्यो स्वरको साहित्य पनि जान्नुपर्छ । नारायणको घरमा जानुभएको छ भने देख्नुहुन्थ्यो– उसकहाँ सङ्गीतसम्बन्धी कति धेरै किताबहरू थिए । उसले यस विषयमा कति अध्ययन गर्यो, त्यस कुराको त साँधी नै छैन ।
नारायणले भन्न थाल्यो, ‘सालाहरू ! हामीलाई भने जिन्दगीभर गाउँदा पनि केही नगर्ने, त्यो मेहदी हसनलाई चाहिँ गोदबा पहिला दिने !’
मान्छेहरू त्यसलाई घमण्डी भन्थे, तर त्यो एकदमै मिथ्या–आरोप हो । ऊ घमण्डी होइन, साधक थियो । त्यस दिन साढे १० बजे स्टुडियोमा एउटा गीत गाउन पसेको मान्छे, ५ बजे निस्कियो । अझ ‘फेरि एकपटक गाउनुपर्छ’ भन्दैथ्यो । अब कहिले गाउँछ, थाहा छैन । तर ऊ सङ्गीतमा यति लीन हुन्थ्यो अरु कुरासँग उसको वास्तै हुँदैनथ्यो ।
म कहिल्यै एक्लै नहिँड्ने मान्छे, एकदिन कसरी हो एक्लै हिँडेछ । रानीपोखरीनिर पुगेपछि मलाई कफी खान मन लाग्यो र एउटा पसलमा पस्न लागेको नारायणले नाचघर (अफिस) बाट निस्कँदै गर्दा मलाई देख्यो । म नजिक आउनासाथ उसले मलाई एउटा सूचना पनि दियो, ‘तँलाई मनपर्ने गायिकाले आज यहाँ गाउँदै छे ।’
मैले नारायणले भन्न खोजेको कुरा बुझिहालेँ । अरुणा लामाले गाउँदै छे । ऊ भनेपछि म हुरुक्कै हुने । अनि नारायण आफैँले लगेर मलाई अघिल्लो सिटमा बसायो र ‘हेर्दै गर्नू, म एकछिनमा आउँछु’ भनेर निस्क्यो ।
सुरुमा दार्जीलिङका २÷३ जना केटाहरूले खुब राम्रो गाए । नाम नभनौँ तर एकजना नेपाली गायकले गाएको मलाई पटक्कै मन परेन– कर्णकटु लाग्यो । अनि म अरुणाको गीत पनि सुन्दिनँ भनेर बाहिर आएँ । नारायण पनि आउँदै रहेछ ।
हामी रोदीमा पस्यौँ । त्यसबेला मेहदी हसन नेपाल आएर भर्खर फर्केका थिए । नारायणले २÷३ पेग लगाएपछि उनैको कुरा कोट्यायो र गाली गर्न थाल्यो, ‘सालाहरू ! हामीलाई भने जिन्दगीभर गाउँदा पनि केही नगर्ने, त्यो मुसलमानलाई चाहिँ गोदबा पहिला दिने !’
त्यस दिन ऊ साढे दश बजेतिर स्टुडियोभित्र पसेको पाँच बजेसम्म पनि बाहिर निस्केन, गाइरह्यो–गाइरह्यो ।
पञ्चायतको उग्रकालमा एउटा होटलमा बसेर यस्ता कुरा गर्नु कम खतरनाक थिएन । ऊ भन्दै थियो, ‘यिनीहरूको गीत गाउदै गाउदिनँ ।’
मैले उसलाई थुम्थुमाएँ र भनेँ, हेर्, नारायण, तँजस्तो कलाकारले यस्तो कुरा गर्न सुहाउँदैन । भारतको मुकेश, रफी र किशोर कुमार– तीनजना मिल्दा मात्र तँ बनिन्छ । तैँले पनि यस्तो ईष्र्या गर्ने ? तँ त स्वरसम्राट् होस् ।’ यो विशेषण उसलाई पहिलोचोटि मैले नै दिएको थिएँ । ऊ केही मत्थर भयो । हामी छुट्टियौँ ।
त्यो मान्छेमा एउटा के विशेषता थियो भने उसले गीत गाएन मात्रै, गीत बाँच्यो पनि । उसको सिङ्गो जीवन नै एउटा गीत थियो । यो कुरा धेरै कमले मात्र बुझेका छन् । उसको अध्ययन, उसको अभ्यास अति नै महत्वपूर्ण थियो ।
नारायण बित्यो, रेडियो टीभीको समाचारमा दिइयो । मैले भनेँ, ‘मरोस् न त, खालि रक्सी मात्रै खाएपछि मर्दैन त ?’
एकै छिनपछि म झसङ्ग भएँ । ए त्यो साँच्चै मर्यो त ? म तुरुन्तै घरबाट निस्केर आर्यघाटतिर लागेँ– टोलकाहरूले कुरा गरेछन्– वासु शशी आज किन रोएको होला– म त धरधर–बलिन्द्रधारा आँसु रोएछु ।
यस्तो मानिस जन्मनलाई धेरै समय लाग्छ र गाह्रो पनि छ । सय वर्षमा पनि कुन्नि । ऊ एउटा ईश्वरीय देन थियो । तर एउटा कुरामा चाहिँ मलाई खुसी लागेको छ– यो देश र यहाँका मानिसले उसलाई चिने ।
राजा महेन्द्र स्वर्गीय हुँदा–त्यहाँ हुकुमले आएका मानिसहरूभन्दा धेरै मानिसहरू भेला भएका थिए, नारायणको शव–यात्रामा । तर नारायणको कुनै हुकुम थिएन, श्रध्दा, आस्था र मनैदेखि माया भएर तिनीहरू आएका थिए । असङ्ख्य स्वास्नी मानिसहरू बागमतीको पानीमा नारायणको लास हेर्न गएका थिए । तिनीहरू कसैको करकापले गएका थिएनन् । त्यसैले नारायण एक महान् मानव थियो ।
म ऊसँग रिसाउन पनि सकिनँ र खालि सोधेँ मात्र, ‘तँ गीत गाउँछस् कि गाउँदैनस् ?’
नारायण जनताको मनैदेखि भिजेको छ । ऊ जनगायक हो । उसले जनताको मन जितेको छ । उसले देशलाई जितेको छ । त्यसैले देशलाई गाली गरेर मात्रै हुँदैन । नारायणलाई जनताले चिनेका छन् । मैले अघि भनेँ नि– यो देश सगरमाथाको देश भनेर चिनिन्थ्यो तर अब यसलाई नारायणगोपालको देश भनेर बदले हुन्छ ।
नारायण र मेराबीचमा धेरै व्यक्तिगत कुरा छन्– यो भन्न मिल्दैन । मानिसहरू उसलाई घमण्डी भन्थे– तर ऊ घमण्डी थिएन । ऊ त तपस्वी थियो । यस्ता मानिसहरू कसैले केही भने पनि टेर्दैनन् । उनीहरू खालि आफ्नो कर्तव्य के हो भन्ने कुरामा व्यस्त रहन्छन् ।
मजस्तो साथीले एउटा गीत गाइमाग्न दुई वर्षसम्म धाउनुपर्यो भनेर मैले उसलाई घमण्डी भन्ने ? आखिर गाइदियो, पैसा पनि लिएन । यदि नारायण घमण्डी भए उसले कसकसलाई गाली ग¥यो र कसको के बिगार्यो ? त्यस्तो एउटा मान्छेको मात्र नाम लिन सक्छ कसैले ?
उसले न आफ्ना अग्रज, न आफ्ना अनुज– कसैलाई गाली गरेन । ऊ विशुध्द कलाकार थियो । बरु हामी कवि–साहित्यकारहरू राजनीतिमा लाग्यौँ । तर, ऊ कुनै राजनीतिप्रति प्रतिबध्द भएन । उसलाई यतातिर वास्तै थिएन । ऊ सधैँ राम्रोभन्दा राम्रो सङ्गीत सिर्जना गर्ने ध्याउन्नमा हुन्थ्यो । नारायणले जति सङ्गीत जानेको थियो, संसारमा सङ्गीत त्योभन्दा धेरै अपार छ भन्ने कुरा उसलाई थाहा थियो । त्यसैले ऊ सदैव त्यसैको खोजीमा लागिरहन्थ्यो ।
जयवागीश्वरी, काठमाडौँ ।
(साभार : बागिना, नारायणगोपाल स्मृति अंक । आभार : नारायणगोपाल संगीत कोष ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया