छिमेक

बेइजिङमा नेपाली पर्वको शुभकामना आदानप्रदान

अजय अलौकिक |
मंसिर ६, २०७७ शनिवार १३:९ बजे

बेइजिङ : चीनमा रहेका नेपालीहरूले नेपाली चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान गरेका छन् । चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासले शनिबार बडा दसैँ, तिहार, नेपाल सम्वत नयाँ वर्षको आरम्भ र छठ पर्वको अवसरमा चीनमा रहेका नेपालीबीच शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा राजदूत महेन्द्र बहादर पाण्डेले नेपाल अल्पसंख्यकहरूको देश भएकोले सबै जातजाती, भाषाभाषीले सद्भाव र सौहार्दपूर्ण रूपमा मिलेर अघि बढ्नुपर्ने बताए । यी विविध संस्कृतिले नेपालीलाई एक जुट बनाएको विचार राख्दै उपस्थित नेपाली समुदायलाई शुभकामना पनि व्यक्त गरे । उनले राजदूतको रुपमा चीनमा पहिलो पटक नेपाली चाडपर्व मनाएका हुन् ।


दिवाभोजसहितको सो शुभकामना आदानप्रदान कार्यक्रममा चीनमा अध्ययन, व्यापार तथा विभिन्न पेशामा संलग्न लगभग १०० जना नेपालीको सहभागिता थियो । साथै उपस्थित नेपालीहरूले गीत, चुट्किला सुनाएर चिसो मौसमलाई न्यानो बनाएका थिए ।

यसै गरी उपस्थित नेपालीहरू नेपालमा भयङ्कर रूप लिँदै गएको कोभिड-१९ प्रति चिन्तित देखिन्थे भने चीनले सफल रूपमा नियन्त्रण लिएर जनजीवन सामान्य बनाएको अवस्थाको प्रशंसा गरे ।


Author

थप समाचार
x