छिमेक

सगरमाथाको नयाँ उचाइ मानवीयताको नयाँ उचाइको सूचांक : चीन

इकागज |
मंसिर २४, २०७७ बुधबार २०:५१ बजे

काठमाडौँ : चीनले सगरमाथा (चोमोलोङमा) को नयाँ उचाइ मानवीयताको नयाँ उचाइको सूचांक भएको टिप्पणी गरेको छ । बेइजिङमा बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियां विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजानले सगरमाथाको उचाइले यस क्षेत्रको नयाँ आशाको सञ्‍चार गरेको बताएका हुन् । सगरमाथाको उचाइ नेपाल चीन सम्वन्धको कोशेढुंगा सावित देखिएको भन्दै उनले खुसी व्यक्त गरेका छन् ।

नेपाल र चीनका राष्ट्रपतिको सन्देश सहित उक्त उचाइ सार्वजनिक मंगलबार भर्चुअल सार्वजनिक भएको थियो । संसार नै कोभिड-१९ को त्रासामात्र होइन प्रभावित समेत भइरहेको अवस्थामा सगरमाथाको नयाँ उचाइको समाचारले आशाको सञ्‍चार गरेको बताए । ‘अति प्रतिकुलताका बाबजुद दुवै पक्षले विगत एक वर्षमा कठिन काम सम्पन्‍न गरेका हन,’ उनले भने, ‘चीन पर्यावरण र वातावरणको संरक्षणलाई सुदृढ बनाउन र अन्य अनुसन्धानका क्षेत्रमा नेपालसंग सहकार्य गर्न तयार छ ।’ यो सहकार्य सम्भव रहेको उदाहरणका लागि सगरमाथाको उचाई मापन नै काफी भएको पनि उनले बताए ।  


झाओले यो वर्ष दुवै मुलुकबीच कूटनीतिक सम्बन्धको ६५ औ बार्षिकोत्सव मनाइएको भन्दै दुबै पक्षको संयुक्त प्रयासको साथ, बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) सहयोग निरन्तर रुपमा प्रगति भएको धारणा राष्ट्रपति सि चिनफिङको सन्देश शैलीमा नै राखे । ‘नेपाली पक्षले उल्लेख गरेझै नेपाल र चीन सम्बन्ध हिउँजस्तै पवित्र र हिमालजस्तै विशाल तथा अटल रूपमा विकास हुने अपेक्षा चीनको छ,’ उनले भने । उनले कोभिड-१९ ले अझै पनि विश्‍व भयावह अवस्थामा छ भन्दै अन्य मलुकको लागि पनि नेपाल र चीन सम्वन्ध सहकार्यको एक उदाहरण रहेको बताए । नेपाल चीन जस्तै सहकार्य अघि बढेमा कोभिड जस्ता भाइरसलाई सहजै पराजित गर्न सकिने धारणा समेत उनले पत्रकार सम्मेलनमा राखे ।


Author

थप समाचार
x