जम्मु काश्मिरमा पाँच भारतीय सैनिक मारिए

फाइल तस्बिर
काठमाडौँ- भारतको उत्तर पश्चिमी क्षेत्र जम्मु काश्मिरको पुन्च जिल्लामा सोमबार पाँच भारतीय सैनिक मारिएका छन् । लडाकु समूहसँगको मुठभेडमा ती सैनिकको ज्यान गएको भारतीय अखबार दी इन्डियन एक्सप्रेसले जनाएको छ ।
भारतीय सेनाले ‘सर्च अप्रेसन’ चलाइरहेका बेला यो मुठभेड भएको बताइएको छ । मुठभेडपछि पछि पनि भारतीय सेनाको अप्रेसन जारी रहेको इन्डियन एक्सप्रेसले लेखेको छ । पुन्चकै अन्य क्षेत्रमा पनि सेना र लडाकुसमूहबीच गोली हानाहान भइरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया