प्रमुख समाचार

रोमाञ्चक जितसँगै एकदिवसीय सिरिज भारतलाई

इकागज |
चैत १६, २०७७ सोमबार ०:१३ बजे

काठमाडौँ : इंग्ल्यान्डविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा भारत विजयी भएको छ । जितका लागि ३३० रनको लक्ष्य पछ्याएको इग्ल्यान्ड पुरा ५० ओभर खेल्दा पनि ९ विकेट गुमाएर ३२२ रनमा सिमित भएपछि भारत ७ रनले विजयी भएको हो । रोमाञ्चक तेस्रो जितसँगै तीन खेलको एकदिवसीय सिरिज भारतले २-१ ले जितेको छ ।


इग्ल्यान्डका लागि साम कुरानले नटआउट ९५ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । भारतका शार्दुल ठाकुरले चार र भुवनेश्वर कुमारले तीन विकेट लिए । यस्तै नटराजनले एक विकेट लिए । अन्तिम ओभरमा इंग्ल्यान्डलाई जितका लागि १४ रन चाहिएको थियो । तर नटराजनले जम्मा ६ रन दिए । 

त्यसअघि पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४८ ओभर २ बलमा अलआउट हुँदै ३२९ रन बनाएको थियो । उसका लागि रिषभ पन्तले ७८, शिखर धवनले ६७ र हार्दिक पाण्ड्याले ६४ रन बनाए ।

इंग्ल्याण्डका मार्क वुडले तीन विकेट लिए । भारतले तीन खेलको एकदिवसीय, चार खेलको टेस्ट र पाँच खेलको टी-ट्वान्टी सिरिज जित्दै सबै संरचनाको सिरिज क्लीनस्वीप गरेको छ । 


Author

थप समाचार
x