प्रमुख समाचार

मूल्यवृद्धि फिर्ता नभए ट्याक्सी सेवा बन्द गर्ने चालक समाजकाे चेतावनी

इकागज |
जेठ १०, २०७९ मंगलबार १५:१८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्रिय मिटर ट्याक्सी तथा चालक सेवा समाजले ट्याक्सी सेवा बन्द गर्ने चेतावनी दिएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले हाल कायम रहेको भाडादरमा यात्रुलाई सेवा दिन नसकिने भएकाले बन्द गर्ने समाजले चेतावनी दिएको हो ।

समाजका अनुसार इन्धनमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन पनि माग गरेको छ । एक सातामा दुई पटक इन्धनको मूल्य वृद्धि हुँदा आम मानिसको जीवनमा असर परेको छ । मूल्य वृद्धिले सार्वजनिक सवारीसाधनको भाडा वृद्धि हुँदा नागरिकलाई असर पर्ने तत्काल मूल्य वृद्धि फिर्ता लिनु पर्नेछ ।


पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता गरेर नागरिकको जीवनयापनमा सहजता र सरलता ल्याउनु पर्ने समाजले आग्रह गरेको छ । समाजले सरोकारवाला निकायसँग छलफल गर्दै ट्याक्सी सेवासमेत बन्द गर्ने चेतावनी दिएको छ ।

मूल्यवृद्धिसँगै गरिने सम्पूर्ण विरोधका कार्यक्रमहरूमा ऐक्यबद्धता जनाई सहभागी हुने समाजका महासचिव टोपबहादुर खत्रीले बताए ।


Author

थप समाचार
x