प्रमुख समाचार

काठमाडौँका मेयर र उपमेयर सिसडोलमा

इकागज |
जेठ २०, २०७९ शुक्रबार ८:५९ बजे

तस्बिर स्रोत : रुटिन अफ नेपाल बन्द

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह ‘बालेन’ दोस्रो पटक सिसडोलमा पुगेका छन् । 

लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर साह  र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका हुन् । 


काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेका मेयर साहले बिहीबार साँझ मात्र सहरी विकास मन्त्री रामकुमारी झाक्रीसँग परामर्श गरेका थिए ।

मन्त्री झाक्री तथा मेयर साह र उपमेयर डंगोलले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा मन्त्रालयर काठमाडौं महानगरपालिकाबीच सहकार्य गरेर समस्याको समाधान गर्ने विषयमा छलफल गरेका थिए ।


Author

थप समाचार
x