प्रमुख समाचार

सहिद तथा द्वन्द्व पीडित परिवार : छात्रवृत्ति पाउन के-के कागजात चाहिन्छ ?

इकागज |
जेठ २२, २०७९ आइतबार ८:५५ बजे

काठमाडौँविश्वविद्यालय अनुदान आयोगले सहिद तथा द्वन्द्व पीडित परिवारका उच्च शिक्षा अध्ययन गर्ने सन्तानलाई छात्रवृत्ति दिने भएको छ ।

जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा मृत्यु भएका सहिद, द्वन्द्व आश्रितका छोराछोरी, द्वन्द्वका कारण अपांग भइ शारीरिक रुपले अशक्त र वेपत्ता परिवारका छोराछोरीलाई छात्रवृत्ति दिने भएको हो ।


आर्थिक वर्ष २०७८/०७९ मा छात्रवृत्ति दिने कार्यक्रम भएकाले विश्वविद्यालय अनुदान आयोगले छात्रवृत्ति निर्देशिका २०७६ बमोजिम स्नातक तह प्रथम वर्ष र सेमेष्‍ट प्रणालीमा अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराउने भएको हो ।

इच्छुक विद्यार्थीले आयोगको वेभसाइटमा राखिएको निर्देशिकाको अनुसूची १ अनुसारको ढाँचामा निवेदन फारम भरी आवश्यक कागजातसहित असार १४ गतेसम्म पेश गरिसक्नुपर्ने छ ।

त्यस्तै आयोगले आवश्यक कागजात अध्ययन गर्दा केही अस्पष्ट भएमा जानकारीसहित आवश्यक कागजात असार ३० गते ५ बजेसम्म पठाउनुपर्ने छ ।

विद्यार्थीले के-के पेश गर्नुपर्छ :

- छात्रवृत्ति पाउने विद्यार्थीले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी 

- वि. स २०५२ फागुन १ गतेदेखि मिति २०६३ मङ्सिर ५ गतेसम्मका सहिद तथा द्वन्द्व पीडित भएका नेपाल सरकारले वा सरकारको निकायले प्रमाणित गरेको प्रमाणपत्र ।

- सहिद परिवारका लागि नेपाल सरकारले सहिद घोषणा गरेको प्रमाणपत्र

-  सहिद, मृत्यु, वेपत्ता, अपाङ्ग भएबापत जिल्ला प्रशासन कार्यालयबाट राहत तथा क्षतिपुर्ति प्राप्त गरेको प्रमाणपत्र 

- अपांग, अङ्गभङ्ग आश्रित परिवारको हकमा द्वन्द्वको क्रममा न्यूनतम पचास प्रतिशत अपाङ्ग वा अङ्गभङ्ग भएको प्रमाणपत्र 

- सरकारी सेवामा बहाल नरहेको र राज्यकोषबाट तलब सुविधा प्राप्‍त गर्ने व्यक्तिको छोराछोरी नभएको प्रमाण

- सम्बन्धित उच्च शिक्षामा भर्ना भएको प्रमाण 

- अभिभावकसँगको नाता प्रमाणित

- १०+२ पास गरेको सर्टिफिकेट वा ट्रान्सकिप्ट

-विद्यार्थीको डिजिटल खाता विवरण

-अध्ययनरत शिक्षण संस्थाको सिफारिश पत्र

-  छात्रवृत्ति प्राप्‍त गर्न तोकिएको अन्तिम मितिसम्म ३० वर्ष ननाघेको हुनुपर्छ


Author

थप समाचार
x