प्रमुख समाचार

सरकारले असारदेखि भदौसम्म सडक खन्‍न अनुमति नदिने

इकागज |
जेठ २५, २०७९ बुधबार ७:२९ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले वर्षायामभर तथा दुई महिना सडक खनेमा कारबाही गर्ने भएको छ ।

धारा, ढल, बिजुली तथा टेलिफोनको मर्मत गर्दा सडकलाई तत्काल यथास्थितिमा ल्याउन नसकिने थप सडक बिग्रने भएकाले असार १ गतेबाट भदौ मसान्तसम्म सडक खन्न अनुमति नदिने संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले जनाएको छ ।


अनुगमन कार्यालयका अनुसार सडक डिभिजन मातहत रहेका कुनैपनि कार्यालयले अनुमति नदिनलाई अनुरोध गरेको छ । जर्बजस्ती सडक खनेको पाइएमा सार्वजनिक ऐन २०३१ अनुसार कारबाही गर्ने भएको छ ।


Author

थप समाचार
x