आज यी जिल्लामा खोला-नदीमा आउनसक्छ अचानक बाढी
फाइल तस्बिर
काठमाडौँ- नेपालमा मनसुनीयाम सुरु भएसँगै बाढी पहिरोको जोखिम बढेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, काभ्रे, सिन्धुपाल्चोक, तनहुँ र स्याङजा क्षेत्रका केही ससाना खोलानदीमा अचानक बाढी आउनसक्छ ।
तर, मुलुकका प्रमुख नदीमा बहाव सतर्कता तहभन्दा तलै रहने आँकलन गरिएको छ । बर्खायाम सुरु भएसँगै महाशाखाले बाढी बुलेटिन जारी गर्न थालेको हो ।
काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली छ । पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया