कान्छो श्रीमानसँग बस्न चाहँदा जेठो श्रीमानले नदिएपछि जो बागमतीमा हाम फालिन्
सांकेतिक तस्बिर
ललितपुर- बुधबार ललितपुरको शंखमुल पुलबाट बागमती नदीमा हाम फालेकी एक महिलाको ज्यान उनकै श्रीमान जितेन्द्र माझीले बचाएका छन् । ‘आफू कान्छो श्रीमानसँग बस्न चाहेको तर जेठो श्रीमानले बस्न नदिएको’ भन्दै काभ्रेकी ३५ वर्षीया लक्ष्मी जिरेल माझीले बुधबार साँझ शंखमुल पुलबाट हाम फालेकी थिइन् ।
उनका श्रीमान जितेन्द्रले नदीमा हाम फालेर ज्यान जोगाएका हुन् ।
श्रीमती माझीले तीन वटा छोरा कान्छो श्रीमानको भएको भन्दै आफू कान्छो श्रीमानसँग बस्न चाहेको बताइन् । तर, उनका श्रीमान जितेन्द्रले ५ वटै छोरा आफ्नो भएको दाबी गरे ।
उनका श्रीमान जितेन्द्र माझी कोटेश्वरमा फर्निचर व्यवसाय गरेर २० वर्षदेखि बसिरहेका छन् । कान्छो श्रीमानसँग विवाह भएको १५ वर्ष पुगेको लक्ष्मी जिरेल माझीले बताइन् । माझीका जेठा छोरा करण माझीका अनुसार लक्ष्मीले सिन्धुपाल्चोक खाडीचौरका विमल थापासँग दोश्रो विवाह गरेकी हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया