प्रमुख समाचार

अमेरिकासँग कुनै हालतमा एसपीपी सम्झौता हुँदैन : प्रचण्ड

इकागज |
असार २, २०७९ बिहीबार ११:३६ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) हुन लागेको भनेर झुटो प्रचार भइरहेको बताएका छन् । 

रितबहादुर खड्का स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले अमेरिकासँग सैन्य सम्झौता हुँदैछ भन्ने प्रचार झुटो रहेको र त्यो कुनै पनि हालतमा लागू नहुने दाबी गरेका हुन् । 


'अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार हुँदैछ । हिजो जसले आत्मसमर्पण गरेर आज उनीहरू नै एसपीपी हुँदैछ रे भनेर भइनै सक्यो जसरी प्रचार गर्दैछन्’, उनले भने,' त्यो बिल्कुल झुटो हो । गठबन्धनमा भएको छलफलमा त्यस्तो कुनै सम्झौता भएको छैन र हुँदैन भनेर प्रधानमन्त्रीले भन्नुभएको छ ।'

प्रचण्डले एसपीपीको कार्यन्व्यन गर्ने काम गर्ने २०१९ मा केपी ओली सरकारले गरेको आरोप समेत लगाए ।

 


Author

थप समाचार
x