प्रमुख समाचार

मङ्कीपस आशंका गरिएको व्यक्तिमा कुष्ठरोग पुष्टि

इकागज |
असार ३, २०७९ शुक्रबार १७:४ बजे

काठमाडौँ- मङ्कीपसको आशंका गरिएको २६ वर्षीय पुरुषमा कुष्ठरोग पुष्टि भएको छ । त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले आँखा र कानको ३ वटा नमूना संकलन गरी राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउँदा कुपोषणको जिवाणु भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनको नमूना बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल र राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीले परीक्षण गरेका थिए ।


स्वास्थ्य मन्त्रालयका अनुसार २९ मुलुकमा एक हजार बढीमा मङ्कीपसका बिरामी भेटिएका छन् । नेपालमा आजसम्म कसैलाई पनि मङ्कीपस पुष्टि भएको छैन । मङ्कीपस फैलन नदिन मन्त्रालय सचेत र सतर्क रहको बताइएको छ ।

 


Author

थप समाचार
x