ललितपुरमा भोलिदेखि खोप कार्यक्रम स्थगित
फाइल तस्बिर
काठमाडौँ- ललितपुर महानगरपालिकामा भोलिदेखि (मंगलबार) खोप कार्यक्रम स्थगित हुने भएको छ । सरकारले पर्याप्त मात्रामा खोप उपलब्ध नगराउँदा ५ देखि १२ वर्षसम्मका बालबालिकालाई लगाइने खोप अभियान कार्यक्रम स्थगित भएको हो ।
अर्को सूचना जारी नभएसम्मका लागि खोप अभियान बन्द भएको हो । महानगरले सम्बन्धित व्यक्तिमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।
महानगरले यसअघि असार १० देखि १५ गतेसम्म खोप लगाउने मिति सार्वजनिक गरिएको थियो । सरकारले खोपको सुनिश्चितता गरेपछि पुनः अर्को सूचना प्रकाशन गरी खोप लगाउने मिति सार्वजनिक गर्ने महानगरले बताएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया