प्रमुख समाचार

ला लिगामा रियल म्याड्रिड विजयी

इकागज |
चैत २२, २०७७ आइतवार ६:१ बजे

काठमाडौँ : स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा रियलले एइबरलाई २-० गोलले पराजित गरेको हो ।

रियलको जितमा मार्को एसेन्सिओ र करिम बेन्जिमाले गोल गरे । जितपछि दोस्रो स्थानको रियलको २९ खेलबाट ६३ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको एथ्लेटिकोको ६६ अंक छ । 


शनिबार राति भएका अन्य खेलमा भिल्लारियलले ग्रानाडालाई ३-० गोलले पराजित गर्‍यो । यस्तै ओसासुना र गेटाफेले गोलरहित बराबरी खेले । 
 


Author

थप समाचार
x