प्रमुख समाचार

राउटे समुदायको सिप संकटमा

इकागज |
चैत २३, २०७७ सोमबार ८:४१ बजे

जितेन्द्र थापा

सुर्खेत : कुनै समय आफुले बनाएका सामाग्री बोकेर गाउँ गाउँ डुलेर अन्‍नसँग सामाग्री साटेर जिविकोपार्जन गर्ने राउटे समुदायका सामाग्री संकटमा पर्दै गएका छन् । बजारमा आधुनिक प्रविधि भित्तिएसँगै जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले निर्माण गरेका सामाग्री संकटमा पर्न थालेका हुन् । 

राउटे समुदायका व्यक्तिहरूले विभिन्‍न काठबाट थाल, कचौरा, झुमा, कोसी, आडी, मधुस, खाट, नाउलगायतका थुप्रै सामग्रीहरू निर्माण गर्ने गर्दछन् । पहिले पहिले हामीहरू धेरै सामाग्री निर्माण गथ्यौँ राउटे मुखिया ऐन बहादुर शाहीले भने,‘अहिले सामान बिक्री हुन छाडेपछि अधिकांशले निर्माण गर्न छाडिसकेका छन् ।’


केही मात्रामा झुमा, कोसीलगायतका सामाग्रीहरू निर्माण भइरहे पनि अरु निर्माण गर्ने छोडेका छन् । पहिले गाउँमा जादाखेरि थुप्रो सामान बनाएर जान्थ्यौँ अहिले बजारमा नयाँ प्रविधि भित्रिएसँगै गाउँमा गए पनि हाम्रा सामान कसैले नराख्‍ने शाहीको भनाई छ ।

राउटेसँग सामाग्री निर्माण गर्ने औजार पनि नभएको र केहि गरि हाते औजारले बनाएका सामाग्री पनि विक्रि नभइदिँदा विभिन्‍न कारणले लोपउन्मुख राउटे समुदायको पेशा संकटमा परेको राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष सत्यदेवी खड्काले बताइन् ।

प्रतिष्ठानले राउटेको व्यवसायलाई ख्याल गर्दै राउटेले निर्माण गरेका सामग्रीहरू गत शनिबार ३० देखि ४० वटा काठमा झुमा खरिद गरेको छ । एउटा झुमाको ३ हजारका दरले खरिद गरिएको प्रतिष्ठानले जनाएको छ । राउटेले निर्माण गरेका सामग्रीहरू बजारमा बिक्री नभएर लोप हुने अवस्थामा पुगेपछि उनीहरूको पेशालाई जोगाइराख्‍न प्रतिष्ठानले खरिद गर्ने गरेको खड्काले बताइन । 

प्रतिष्ठानले ती सामग्रीलाई एउटा सङ्ग्रहालयको रुपमा राख्‍ने उद्देश्य रहेको अध्यक्ष खड्काले बताइन । राउटेले बनाएका सामग्रीहरू राज्यले खरिद गरेर उनीहरूलाई व्यवसायी बनाउनुपर्नेमा आफूहरूले गर्नु परेको उनको गुनासो छ । 

राउटेहरूलाई काम गर्न सहज होस भनेर उच्च प्रविधिको सामान मुख्यमन्त्री कार्यालयबाट उपलब्ध गराएका थियौँ तर राउटेका मुखियाले लिन नमानेको कर्णाली प्रदेश सरकार मुख्यमन्त्रि कार्यालयका प्रमुख सभिव चन्दमान श्रेष्ठले बताए ।   

राउटेहरूलाई खाना,छाना र नाना र को लागि कर्णाली प्रदेश सरकारले पाँच करोड रुपैँया छुट्याएको छ' उनले भने,‘राउटे समुदायको सिपलाई पनि परिमार्जित गर्नको लागि नयाँ औजार तथा मेसिन उपलब्ध गराउने भनेको उहाँहरूले लिन मान्‍नुभएन ।’‘राउटेहरूका सरसफार्यका कुरादेखि हरेक सममस्या समाधान गर्न प्रदेश सरकार लागि परेको छ ।


Author

थप समाचार
x