प्रमुख समाचार

चितवनमा तीन महिनामा ७४ जनाले गरे आत्महत्या

इकागज |
असार २२, २०७९ बुधबार ७:३८ बजे

फाइल तस्बिर

काठमाडौँ- चितवनको भरतपुर अस्पतालमा करिब तीन महिनामा ७४ वटा आत्महत्याका घटनाका केसहरू आएका छन् । वर्ष २०७९ सुरु भएको ७९ औ दिनमा हालसम्म ७४ जनाको आत्महत्याका घटनाहरू अस्पतालमा आइसकेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार १५ देखि ९१ वर्ष उमेर समूहका छन् । ४३ पुरुष र ३१ जना महिला रहेका छन् । वर्षको ७९ दिनमा ७४ जनाले आत्महत्या गरिसकेका छन् ।


अस्पतालले आत्महत्या न्यूनीकरण गर्न मनोरोग परामर्श र उपचार सम्बन्धी कार्यक्रम गर्नुपर्ने बताएको छ । साथै यस्ता घट्नाहरू कम गर्न समयमा सबै मिलेर काम गर्नलाई अस्पतालले सुझाव दिएको छ ।


Author

थप समाचार
x