अब काठमाडौँका सडकमा 'गुरुजी साहित्य' पढ्न पाइने छैन
तस्विरः चन्द्रकिशोर
काठमाडौँ - ट्राफिक प्रहरीले सवारीसाधनमा लेखिएका सायरी, कविता, गजल तथा विभिन्न भनाइलाई हटाउने अभियान सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका भित्र चल्ने सार्वजनिक तथा निजी सवारीसाधनमा साहित्य तथा गजलका लाइन यात्रु र पैदल यात्रीले पढन् पाउने छैनन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय,रामशाहपथले सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानून विपरित तथा सामाजमा विकृत्ति ल्याउने तथा कविता, गजल र साहित्य समेत हटाउने भएको हो ।
सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरूले चालकको ध्यान मोडिई दुर्घटना निम्त्याएको पाइएपछि काठमाडौं उपत्यकाको ट्राफिक प्रहरीले हटाउन थालेको हो ।
नेपालको कानून विपरीत महिला, बालबालिका,सिमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचार प्रसार गर्न वा लेख्न नपाईने भएकोले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
अश्लिल लाग्ने र द्विअर्थी लेखहरूले सामाजिक र मानसिक खलल, हिंसा र विकृति बढाएको र सडक सभ्यतामा पनि आँच पुर्याएकोले त्यस्ता गतिविधि रोक्नतर्फ ट्राफिक प्रहरी लागि परेको हो ।
सवारीको सिसामा स्टिँकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सुसूचित गरेको छ । ट्राफिक प्रहरीले चालक आसपास क्याबिनको भागमा सजावटका लागि झल्लरलगायतका सामाग्री तथा म्युजिक सिस्टम क्याबिनमा राख्न पनि निषेध गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया