भारतीय राजदूत र प्रधानसेनापतिबीच शिष्टाचार भेटवार्ता
काठमाडौँ- भारतीय राजदूत नवीन श्रीवास्तव र प्रधानसेनापति प्रभुराम शर्माबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार सेनाको मुख्यालयमा दुईबीच शिष्टाचार भेटवार्ता भएको हो ।
भेटर्वातामा दुवै पक्षको आपसी हितका लागि शिष्टाचार छलफल भएको थियो । त्यस्तै पारस्परिक सम्बन्धका लागि समेत छलफल भएको सेनाले जनाएको छ ।
यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर सम्बन्ध एवम प्रगाढ बनाउन थप मदत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया