प्रमुख समाचार

डेम्बेलेको गोलमा बार्सिलोना विजयी

इकागज |
चैत २४, २०७७ मंगलबार ५:४९ बजे

काठमाडौँ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । सोमबार राती भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १-० गोलले हराएको हो । बार्सिलोनाको जितमा ओस्मान डेम्बेलेले निर्णायक गोल गरे ।

उनले खेलको ९० औँ मिनेटमा अरौजोको पासलाई सदुपयोग गर्दै गोल गर्न सफल भएका हुन् । भालाडोलिडका प्लानोले ७९ औँ मिनेटमा रातो कार्ड खाएर मैदान छाडेपछि १० खेलाडीमा सिमित भएको भालाडोलिडलाई बार्सिलोनाले हराउने मौका पाएको हो ।


जितसँगै बार्सिलोनाले शीर्ष स्थानको एथ्लेटिकोमाथि दबाब बढाएको छ । २९ खेलबाट ६५ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ भने एक अंक बढी रहेको एथ्लेटिको म्याड्रिडको ६६ अंक छ । यस्तै तेस्रो स्थानको रियल म्याड्रिडको ६३ अंक छ । 

भालाडोलिड भने २७ अंकसहित १६ औँ स्थानमा छ । 


Author

थप समाचार
x