प्रमुख समाचार

पाल्पामा जीप दुर्घटनामा दुईको मृत्यु

इकागज |
चैत २४, २०७७ मंगलबार ११:२९ बजे

पाल्पा : तानसेन नगरपालिका-७ काजीपौवास्थित भित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गए राति करिब साढे १२ बजे लु२च ६३२ नंको पिकअप जीप कुखरा ल्याउँदै गर्दा अचानक सडकदेखि करिब २० मिटर तल खसेर चालक बगनासकाली गाउँपालिका-४ का २० वर्षीय विजय खाम्चा र रिब्दीकोट-४ का २७ वर्षीय राज थापाको मृत्यु भएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए । रासस



Author

थप समाचार
x