प्रमुख समाचार

सेती प्रादेशिक अस्पतालमा फिस्टुलाको 'अप्रेशन' कसरी सम्भव भयो ?

डायलासिस गर्नुअघि भारत र काठमाडौँ जाने बाध्यता हट्यो

इकागज |
असार ३०, २०७९ बिहीबार १६:८ बजे

काठमाडौँ- सुदूरपश्‍चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा 'फिस्टुला'को अपरेशन सुरु भएको छ । यसअघि अस्पतालमा डायलासिस गर्नुपर्ने बिरामीहरू भारत, नेपालगञ्ज र काठमाडौँ जाने गर्थे ।

मिर्गौलाका बिरामीलाई डायलासिस गर्नु अघि गरिने फिस्टुलाको शल्यक्रिया अस्पतालमै सुरु भएको हो । डायलासिस गर्नुअघि फिस्टुलाको अप्रेशन अनिवार्य गर्नुपर्ने हुन्छ ।


डायलासिस गर्नु पर्ने बिरामीहरू फिस्टुला बनाउन काठमाण्डौँ गाएर महिनौ पालो कुर्नुपर्ने बाध्यता थियो । फिस्टुलाको अपरेशन सेवा सुरु भएपछि काठमाडौँ जानुपर्ने बाध्यता हटेको अस्पतालका डाक्टर विकाश मण्डलले बताए ।

उनका अनुसार यस क्षेत्रका मिर्गौलाका बिरामीहरू यस सेवाबाट लाभान्वित हुने छन् । अस्पतालमा पाँच देखि एक हजार रुपैयाँसम्म अप्रेशन हुने गरेको उनले जानकारी दिए ।

डायलासिस गर्नु अगाडि गरिने सर्जरी जसले रक्तनलीमा डायलासिस गर्दा जडान गर्ने ठाउँ अर्थात एभि फिस्टुला बनाइन्छ । यसअघि बिरामीहरू काठमाण्डौँ र भारतका विभिन्न ठाउँ जान्थे ।

सुदूरपश्चिम प्रदेशकै रिफल सेन्टरको रुपमा रहेको अस्पतालमा डायलासिस सेवा सुरु गरेको करिब ५ वर्ष भइसकेको छ । सरकारले निशुल्क डायलासिस सेवा प्रदान गर्दै आइरहेको छ ।

मृगौलाका बिरामीले फिस्टुलाको अप्रेशन गर्न काठमाडौँ जानुपर्ने बाध्यता हटेको उनको भनाइ छ । अस्पताल प्रशासनले आवश्यक सामग्री उपलब्ध गराए पछि सेवा बिस्तार गरिएको मण्डलले बताए । 'अस्पतालले तीन-चार महिनामा मात्र उक्त सामग्रीको व्यवस्थापन गरेको हो । मिर्गौलाका बिरामीहरू लाभान्वित हुने भएपछि अस्पतालले सेवा सुरु गरेको हो ,' उनले भने ।

अस्पतालमा हाल सम्म पाँच जना बिरामीको सफल अप्रेसन भएर नियमित डायलासिस गराइरहेका छन् । अबदेखि मृगौला फेल भएका बिरामीले डायलासिस गराउन गरिने अपरेशन गर्न काठमाण्डौ र भारतका विभिन्न ठाउँ जानुपर्ने बाध्यता हटेको मण्डलको भनाइ छ । 'हाम्रो टिमले अहिले निरन्तर रुपमा यसमा काम गरिरहेको छ,' उनले थपे ।

सुदूरपश्चिमका अधिकांश जिल्लाबासीका डायलासिस गर्नुपर्नेहरू प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।


Author

थप समाचार
x