प्रमुख समाचार

टिचिङ अस्पताल बन्द गरेर कर्मचारीलाई वार्षिकोत्सवमा सहभागी गराइने

इकागज |
असार ३१, २०७९ शुक्रबार १५:५० बजे

फाइल तस्बिर

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययनको ५० औँ वार्षिकोत्सव मनाउन त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रको आकस्मिक बाहेक अन्य सेवा बन्द गर्न निर्देशन दिएको छ ।

संस्थानकी डिन डा. दिव्या सिंहले वार्षिकोत्सवमा कर्मचारी सहभागी गराउन सम्पूर्ण सेवा बन्द गर्न निर्देशन दिएकी हुन् । संस्थानले वार्षिकोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा साउन १ गते प्रज्ञा प्रतिष्ठानमा मनाउने भएको छ ।  



Author

थप समाचार
x