प्रमुख समाचार

चिनियाँ खोप भोलि उपत्यकाका १४ स्वास्थ्य संस्थाबाट लगाइने

इकागज |
चैत २४, २०७७ मंगलबार २१:१६ बजे

काठमाडौँ : चीन सरकारको अनुदानमा आएको खोप काठमाडौं उपत्यकाका १४ फरक-फरक स्वास्थ्य संस्थाबाट लगाइने भएको छ । भोलि अर्थात बुधबारदेखि खोप लगाइने छ ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, प्रसुति गृह थापाथली, निजामती कर्मचारी अस्पताल बानेश्‍वर,  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र टीयू, नेपाल मेडिकल कलेज अत्तरखेल र काठमाडौ मेडिकल कलेज सिनामंगलमा लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 
त्यस्तै नेपाल प्रहरी अस्पताल, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र क्षेत्रपाटी निशुल्क चिकित्सालयबाट पनि खोप लगाइने मन्त्रालयले जनाएको छ । 


चिनियाँ अनुदानको खोप चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय सीमा पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, व्यक्ति होटल, ट्रेकिङ, औषधि, फलफूल, तरकारीलगायतका व्यापारी, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, प्राध्यापनमा संलग्‍न व्यक्ति लगायतलाई लगाउने जनाइएको छ । चीनले नेपाललाई आठ लाख डोज खोप उपलब्ध गराएको छ ।


Author

थप समाचार
x