प्रमुख समाचार

चीनले दिएको कोभिड खोप आजदेखि लगाइँदै

इकागज |
चैत २५, २०७७ बुधबार ८:१ बजे

काठमाडौँ : नेपाललाई चीनले दिएको अनुदानको कोभिड-१९ विरुद्धको खोप आजदेखि लगाउन सुरु गरिदैँछ । खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा १४ केन्द्र तोकेको छ ।

मन्त्रालयले परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी (सिभिल अस्पताल, सरुवा रोग अस्पताल टेकु, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल र काठमाडौ मेडिकल कलेज सिनामंगललाई खोप केन्द्र तोकेको छ । 


यस्तै शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र क्षेत्रपाटी निःशुल्क चिकित्सालय पनि कोभिड १९ विरुद्धको खोप केन्द्र तोकिएको छ । 

सरकारले चिनियाँ अनुदानको खोप चीनसँग सम्बन्धित विद्यार्थी, कर्मचारी, व्यापारी र पर्यटन व्यवसायीलाई मुख्य प्राथमिकतामा राखेको छ । यसअघि नेपालले भारतबाट अनुदानमा ल्याएको खोप अभियान सुरु गरेको थियो । 


 


Author

थप समाचार
x