प्रमुख समाचार

आजदेखि बालबालिकालाई लगाइने दोस्रो चरणको खोप कुन-कुन जिल्लामा लगाईंदैछ?

इकागज |
साउन २, २०७९ सोमबार १२:५८ बजे

फाइल तस्बिर

काठमाडौँ- बालबालिकाले कोभिड-१९ को दोस्रो चरणको खोप आजदेखि लगाइरहेका छन् । दोस्रो चरणको फाइजर खोप साउन २ देखि ८ गतेसम्म लगाउन पाउने भएका हुन् । यसअघि पहिलो चरणको खोप असार ९ देखि १५ गतेसम्म अभियान चलेको थियो ।

सोमबारदेखि सुरु भएको खोप अभियान प्रदेश १ मा झापा, इलाम, मोरङ्ग, सुनसरी,  मधेश प्रदेश सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी, बागमती प्रदेशमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, मकवानपुर, गण्डकी प्रदेशमा कास्की र नवलपरासी पूर्व ।


त्यस्तै लुम्बिनी प्रदेशमा नवलपरासी पश्चिम, रुपन्देही, बाँके,दाङ, बर्दिया, कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्‍चिम प्रदेशमा कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइने भएको हो ।

दोस्रो चरणको खोप कार्यक्रम भदौ ५ गतेदेखि ११ गतेसम्म  हुने भएको छ ।  दोस्रो मात्रा भदौ २७ गतेबाट असोज १ गतेसम्म दोस्रो मात्रा लगाइने मन्त्रालयले जानकारी दिएको छ ।

 

 


Author

थप समाचार
x