धरानको वीपी प्रतिष्ठानमा २५ बेडको वार्ड स्थापना गर्दा १९ लाख बढी घोटाला
फाइल तस्बिर
काठमाडौँ- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले २५ बेडको एचडीयू वार्ड ६ वटा उपकरण खरिद गर्दा १९ लाख ४७ हजार घोटाला गरेको छ । सामग्री आयातकर्ताको प्रस्ताव स्वीकार्दा प्रतिष्ठानलाई १९ लाख बढी व्ययभार पर्न गएको हो ।
प्रतिष्ठानमा सामग्री खरिदमा घोटाला भएकाले छानबिन समिति बनाइ पदाधिकारीलाई जिम्मेवारी बनाउन महालेखा परीक्षकको प्रतिवेदन औँल्याएको छ ।
महालेखा परीक्षकको २०७९ को प्रतिवेदनमा अस्पतालको निर्देशकको सिफारिसमा मँहगो आपूर्तिकर्तालाई स्वीकृत प्रदान गरेको उल्लेख छ ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४५ मा तत्काल खरिद नगर्दा सार्वजनिक सुरक्षा हित तथा सामुदायिक स्वास्थ्य संकट पर्ने देखिएमा नियम ११ बमोजिमको लागत अनुमान तयार गरी प्रतिष्पर्धी र मितव्ययी आधारमा छोटो प्रक्रियाद्वारा खरिद गर्ने व्यवस्था छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया