प्रमुख समाचार

ट्राफिकलाई पाँच सय रुपैयाँ घुस दिन खोज्दा...

इकागज |
चैत २६, २०७७ बिहीबार ९:५९ बजे

काठमाडौँ : ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ट्याक्सी चालक पक्राउ परेका छन् । बुधबार बल्खुको बर्नहार्ट कलेज अगाडि ट्राफिक प्रहरी जवान राजेश कुमार शाहलाई घुस दिन खोज्ने ट्याक्सी चालक तीर्थ बहादुर शाहलाई प्रहरीले पक्राउ गरेको हो ।

बा १ ज ४६९९ नम्बरको टयाक्सी चलाउने उनी रोक्न निषेध गरेको ठाउँमा रोकेपछि बच्नका लागि ट्राफिकलाई पाँच सय रुपैयाँ दिएका थिए । तर घुस लिनुको साटो प्रहरी जवान शाहले उनलाई पक्राउ गरेका हुन् ।


सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत कारवाही गर्न खोज्दा घुस दिएर उम्किन खोजेपछि पक्राउ गरेर महानगरीय प्रहरी वृत कालिमाटीमा बुझाईएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 


Author

थप समाचार
x