महानगरले एक सातासम्म घरमा राख्नू भनेको फोहोर भोलिबाट उठ्ने
फाइल तस्बिर
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले फोहोर उठाउने भएको छ । बिहीबार बिहान ६ बजेदेखि फोहोर उठ्ने भएकाले महानगरबासीलाई पायक पर्ने स्थानमा फोहोर संकलन गरेर राख्न महानगरले अनुरोध गरेको छ ।
महानगरले यसअघि झै फोहोरमैला व्यवस्थापनमा सहयोगको अपेक्षा राखेको बताएको छ । आज सम्ममा सडक निर्माणको कार्य तीव्र गतिमा बढेकाले सडक सुचारु गर्न सकिने सम्बन्धित निकायबाट जानकारी आएको महानगरले जनाएको छ ।
केही दिन अघि महानगरले एक सातासम्म फोहोर नउठ्ने जानकारी गराएको थियो । आफ्नो घरभित्र फोहोरको अल्पकालीन व्यवस्थापन गरी चोक, सडक र गल्लीलाई फोहोर हुन रोकेर सफा र स्वच्छ राखेकामा महानगरबासीलाई काठमाडौँ महानगरले धन्यवादसमेत दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया