मापसे गरी स्कुल बस चलाउने पाँच चालक कारबाहीमा
काठमाडौँ- मापसे गरी स्कुल बस चलाएका पाँच सवारीचालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । आइतबार बिहान उपत्यकाका विभिन्न ठाउँमा सवारीसाधनको चेकजाँचमा १६ वटा विद्यालयका बस कारबाहीमा परेका हुन् । जसमध्ये पाँच सवारी चालकले मापसे गरेको ट्राफिक प्रहरीले फेला पारेको हो ।
गत ८ गतेबाट स्कुल बस निर्देशिका लागू भएको हो । निर्देशिका लागू भएपछि विद्यालयका सवारी चालकलाई कारबाही तथा सचेत गराएको हो । आगामी दिनमा स्कुल बस निर्देशिका विपरीत सञ्चालित सवारीचालक कारबाही गरिने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया