प्रमुख समाचार

परीक्षा बोर्डले भन्योः कक्षा ११ को विद्यार्थी भर्नाको समय साउन मसान्तसम्म राख्‍नू

इकागज |
साउन १८, २०७९ बुधबार ७:५४ बजे

फाइल तस्बिर

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को विद्यार्थी भर्नाको समय साउन मसान्तसम्म राख्‍न  विद्यालय र कलेजलाई निर्देशन दिएको छ । बोर्डले छोटो समयको मात्रै भर्ना म्याद राख्दा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्नाका लागि आवेदन दिने अवसरबाट बञ्चित भएको गुनासो आएपछि यस्तो निर्देशन दिएको जनाएको छ ।

बोर्डले  सूचना जारी गर्दै एसईईको नतिजा साउन-११ मा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरूले फरक-फरक  भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएकामा  असन्तुष्टि जनाएको हो ।  


स्थानीय तहहरूलाई आफ्नो पालिका अन्तर्गतका विद्यालयमा समन्वय र सहजीकरण गरी विद्यार्थी भर्ना तथा कक्षा सञ्चालन गराउन पनि बोर्डले अनुरोध गरेको छ । 


Author

थप समाचार
x