काठमाडौँबाट गएका फोहोरका गाडीहरू बञ्चरेडाँडा पुगे
फाइल तस्बिर
काठमाडौँ- प्रहरीको सहयोगमा काठमाडौँबाट फोहोरका गाडीहरू बञ्चरेडाँडा पुगेका छन् । बिहीबार काठमाडौँ महानगरपालिका, नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति र समानान्तर ग्रुपको ६० वटा फोहोरको गाडी सिसडोल तर्फ गएको थियो ।
फोहोर गाडीहरु बिना अवरोध बञ्चरेडाँडा डाँडा पुगेको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उनले भने,' काठमाडौँबाट गएका फोहोरका कुनै पनि अवरोध भएको छैन । प्रहरीको सहयोगमा निरन्तर बञ्चरेडाँडा डाँडामा पुर्याइएको छ ।'
उनले सर्वदलीय मिटिङ पनि बसिरहेकाले अवरोध हट्ने विश्वास व्यक्त गरे । बिहानै केही समय बुधबार पक्राउ परेका स्थानीयलाई छोड्न माग गर्दै उनीहरूले फोहोर बोकेका गाडी बाटोमै रोकेका पनि थिए ।
टेकुको फोहोर ट्रान्सफर्मर स्टेसनबाट विभिन्न व्यवसायीको सहयोगमा सिसडोल तर्फ फोहोरका गाडी गएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया