दुई चिनियाँसहित १० निर्माण कम्पनी कालोसूचीमा
काठमाडौँ- सरकारले चिनियाँ कम्पनीसहित दश वटा निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखेको छ । सैलुङ कन्स्ट्रक्सन कम्पनीलाई समेत कालोसूचीमा राखेको हो ।
सार्वजनिक तथा अनुगमन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार ७ गतेको निर्णय गरेको सूचना अनुसार एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखेको छ ।
कालोसूचीमा राखिएको अवधिभर उक्त निर्माण व्यवसायी कम्पनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने भएका हुन् । सार्वजनिक खरिद ऐन, २०६३ को दफा उपदफा (१) बमोजिम सूचना प्रकाशित भएदेखि लागू हुने छ ।
नेपाल विद्युत प्राधिकरण हेटौडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण आयोजनमा काम गरेको चाइनिज एम एस जोङदिङ इन्टरनेस्नल कम्पनीलाई तीन वर्ष कालोसूचीमा राखिएको हो । चिनियाँँ दुवै कम्पनीले विद्युत प्राधिकरणको काम गरिरहेका थिए ।
सरकारले दुई चिनियाँँ निर्माण कम्पनीलाई ३ वर्ष, एक भारतीय कम्पनीलाई ३ वर्ष र सैलुङ कन्स्ट्रक्सन कम्पनीलाई ३ वर्षसम्म कालोसूचीमा राखेको हो । अन्य ६ नेपाली कम्पनीलाई एक वर्षसम्म र अर्को एक कम्पनीलाई २ वर्ष सम्म ६ महिनासम्म कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया