एउटै चिह्न लिएर चुनाव लड्ने दलहरूले छुट्टै दल दर्ता गर्नु नपर्ने
फाइल तस्बिर
काठमाडौँ- मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा राजनीतिक दलले एउटै चुनाव चिह्न लिएर सहभागी हुन पाउने भएका छन् । राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १८ को उपनियम ( ५) बमोजिम छुट्टै दल दर्ता नगर्नु नपर्ने निर्वाचन आयोगले निर्णयले गरेको छ ।
नेपाल समाजवादी पार्टी, नेपाल दलित पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट (पार्टी समाजवादी) पाँच राजनीतिक दलले अनुसूची-१२ बमोजिम निवेदन पेश गरेका थिए ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १६ बमोजिम चुनावमा एकल चिह्न लिएर सहभागी हुन पाउने भएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया