प्रमुख समाचार

विद्युत् प्राधिकरण र नेपाल सेयर मार्केटसहित १७ संस्थालाई सम्पत्ति कर बुझाउन महानगरको दशदिने अल्टिमेटम

इकागज |
भदौ २१, २०७९ मंगलबार १७:५७ बजे

फाइल तस्बिर

काठमाडौँ- सम्पत्ति कर नबुझाउने १७ संस्थालाई काठमाडौँ महानगरपालिकाले सम्पत्ति कर बुझाउन निर्देशन दिएको छ । महानगरपालिकाले मंगलबार एक पत्र लेखि १० दिनभित्र ती संस्थाहरूलाई सम्पत्ति कर बुझाउन ताकेता गरेको हो । 

सम्पत्ति कर नबुझाउनेमा ह्वाइट फिल स्कूल, रञ्जना ट्रेड सेन्टर, साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर अफ कमर्स, कर्मचारी सञ्चय कोष, नेपाल विद्युत् प्राधिकरण, नेशनल ट्रेडिङ लिमिटेड, नेपाली जामे मस्जिद, कृषि सामग्री संस्थान, मनमोहन मेमोरियल कलेज एन्ड शिक्षण अस्पताल,आरवि कम्प्लेक्स, काठमाडौँ प्लाजा, नेपाल सेयर मार्केट, सिविक हस्पिटल प्रालि र डेन्टल कलेज रहेका छन् ।


‘पत्र प्राप्त भएको मितिले १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गइ नियमानुसारको सम्पत्ति कर र सो को जरिवानासहित बुझाउनु हुन अनुरोध छ,’ पत्रमा लेखिएको छ, ‘अन्यथा महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी बाँकी कर रकम सरकारी बाँकी सरह असुल उपर गरिने छ।’

महानगरपालिकाबाट सम्पत्ति कर बुझाउन पटक–पटक ताकेता हुँदै आएकोमा हालसम्म पनि उनीहरूले सम्पत्ति कर नबुझाएको महानगरले जनाएको छ ।

 

 


Author

थप समाचार
x