प्रमुख समाचार

गण्डकी प्रदेश : सभाको विशेष अधिवेशन बोलाउन प्रमुखलाई पत्र दिने तयारी

इकागज |
बैशाख २, २०७८ बिहीबार १४:४९ बजे

काठमाडौँ : गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा मा‌ओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सम्मिलत मोर्चाले प्रदेश सभाको विशेष अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाउने तयारी गरेका छन् । गयराति सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको अधिवेशन स्थगित गरेका थिए । 

चार दलीय मोर्चाले आजमात्रै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने थाहा पाएर गुरुङले राति नै हतारमा अधिवेशन स्थगित गर्न सिफारिस गरेको थिए । 


अविश्वासको प्रस्तावलाई सदनमा लैजान विशेष अधिवेशनको माग गर्ने तयारी ४ दलीय मोर्चाले गरेको हो । 


Author

थप समाचार
x