प्रमुख समाचार

७ बजेपछि भीडभाड हुने व्यवसाय खोल्न नपाइने, के-के गर्न पाइदैन ?

स्वास्थ्य मन्त्रालय भन्छ : पीसीआर रिपोर्ट नेगेटिभ आउने मात्रै होटलमा बस्‍न पाउँछन्

इकागज |
बैशाख २, २०७८ बिहीबार १७:२१ बजे

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयले साझ सात बजेपछि भिडभाड हुने सबै क्षेत्रका व्यवसाय बन्द गर्न अपिल गरेको छ । मन्‍त्रालयले ८ बुँदामा स्वास्थ्य मापदण्ड पालना गर्न अपिल गरेको हो । 

मुलुकमा बढ्दो कोभिड-१९ संक्रमणसँगै प्रभावित हुनेहरूको संख्या र उमेर समूहमा पछिल्ला दिनहरूमा अत्यधिक फरकपना सहितको वृद्धि भइरहेको मन्‍त्रालयले जानकारी दिएको छ ।

'विशेषतः बालबालिका, युवा वर्गमा संक्रमण तया मृत्यु बढदो गतिमा देखिएको छ,' विज्ञप्तिमा भनिएको छ, 'त्यसैले संक्रमणको अवस्थाको विश्लेषण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक तयारीहरू र समन्वयका प्रयासहरू गरिरहेको सबैमा अवगत गराउँदै अवका दिनहरूको संक्रमण यसका प्रभावका हिसाबले निकै नै चुनौतीपूर्ण हुनसक्ने भएकाले हामी सबै नागरिकहरू तथा सरोकारवाला निकायहरू सचेत हुँदै सम्बेदनशील रुपमा जिम्मेवार बन्नुपर्ने आवश्यकता देखिन्छ ।' 

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेर अपिल सार्वजनिक गरेको छ । 

यस्ता छन् अपिल :
१) सबै नागरिकहरूमा कोभिड १९ को संक्रमणबाट जोगिन संवेदनशील बन्‍ने र जनस्वास्थ्यका मापदण्डहरू कडाईका साथ पालना गर्न र गराउन भूमिका खेल्ने र “मेरो स्वास्थ्य मेरो जिम्मेवारी” भन्‍ने बुझेर जिम्मेवार बन्‍ने

२) स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरूमा (काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बाग्लुङ) बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरू अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पति विद्यालय, रात्री व्यवसाय सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरू, खेलकुद, जीम, सार्वजनिक पुजाआजा तथा जात्राहरू, सभा, सम्मेलन, वैठक तथा भेलाहरू, सिनेमा हल, सपिंग मल, नाँचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरूमा सहभागी नहुने । तथा जनस्वास्थ्यका मापदण्डहरूको कडाईका साथ पालना गर्ने गराउन भूमिकाहरू बढाइ दिने ।

३) सबै अस्पतालहरूले अनिवार्यरुपमा फिभर क्लिनिक सञ्‍चालन गर्ने तथा कोभिड-१९ परिक्षणका लागि नमूना संकलन तथा परिक्षणको व्यवस्थापन गर्न गराउने ।

४) नेपालमा विभिन्न होटेलहरूमा आई बसोवास गर्नु हुने विदेशी नागरिकहरूको सम्बन्धमा गेष्ट रजिस्ट्रेशन सिस्टम चुस्त दुरुस्त बनाई काम गर्नु हुन तथा पीसीआर नतिजा नेगेटिभ आएको अवस्थामा मात्रै होटलमा बास राख्‍ने ।

५) नियमित रुपमा अस्पतालहरूमा सेवा लिन आइरहेका सेवाणाहीहरूलाई कोभिड १९ संक्रमण पुष्टि भएका आधारमै मात्र अन्य अस्पतालहरूमा पठाउने गरेर अनावश्यक दुःख हुने कामहरू नगराऔं नगरौं ।

६) सबै सरकारी अस्पतालहरूले कम्तीमा पचास प्रतिशत वेडहरू कोभिड १९ सक्रामतलाई व्यवस्थापन गर्न छुट्याएर तोकिए अनुसार निःशुल्क सेवा प्रवाह गरौं ।

७) निजी प्रयोगशाला तथा अस्पतालहरूले कोभिड १९ को परिक्षण तथा उपचारका लागि तोकिएको शुल्क (पीसीआर परिक्षणका लागि दुई हजार रुपैयाँमा नबढाई तथा संक्रमितहरूको औषधी बाहेक उपचारका लागि संक्रमणको जटिलताका आधारमा दैनिक सामान्यलाई ३५ सय रुपैयाँ, मध्यमलाई सात हजार र जटिललाई पन्ध्र हजारमा ५०% थप भन्दा नबढ्ने गरी) मा उपचार बढी नहुने गरी व्यवस्था गर्ने ।

८) बालबालिका, गर्भपति, सुत्केरी महिला, अपांगता भएका व्यक्तिहरू, जेष्ठ नागरिकहरूको कोमिड-१९ परिक्षण तथा उपचारमा उच्च प्राथमिकता ।



Author

थप समाचार
x