काठमाडौँ महानगरपालिका भन्छ- कोभिड १९ भेटिए मात्र विद्यालय बन्द गर्नू
काठमाडौँ : कुनै पनि शिक्षक वा विद्यार्थीमा कोभिड-१९ संक्रमण देखिए एक हप्ता विद्यालय बन्द गर्न काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाले एक हप्ता विद्यालय बन्द गर्न सकिने जनाएको हो ।
कोभिड-१९ को संक्रमण बढ्दै गएकाले संक्रमण देखिएको खण्डमा तत्कालै एक हप्ताका लागि विद्यालय बन्द गर्न सकिने महानगरपालिकाको विज्ञप्तिमा उल्लेख छ । संक्रमण बढ्दै गएपछि अन्य स्थानीय तहले पनि विद्यालय बन्द गर्न थालेका छन् ।
शिक्षा मन्त्रालयले पनि विद्यालय सञ्चालन र बन्द गर्ने अधिकार स्थानीय तहलाई भएकाले संक्रमणको अवस्था हेरेर विद्यालय बन्द गर्न आग्रह गरेको छ ।
र, यो पनि
विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयलाई चर्को दबाब
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया