प्रमुख समाचार

अनसनरत डा. केसीको पेटमा कडा खालको अल्सरको लक्षण

इकागज |
असोज ४, २०७९ मंगलबार १४:० बजे

काठमाडौँ- चिकित्सा क्षेत्रको सुधारसहित ९ दिनदेखि आमरण अनसनमा बसेका चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य स्थिति झन् जटिल हुँदै गएको छ । अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल, राष्ट्रिय मानव अधिकार आयोग, सामाजिक विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखि विशेषज्ञ र विशिष्टकृत अस्पतालमा लैजान अनुरोध गरेको छ ।

केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखा परेको छ । शरीरमा रक्तचाप,  अक्सिजनको मात्रा कम र मांसपेशी खुम्चदै गएको छ । पोषण तत्वहरू र पानीको मात्रा कम भइ जटिलता बढ्दै गएको सेती अस्पतालले जनाएको छ ।


अस्पतालको अनुसार डा. केसीको मांसपेशी सुक्दै गएको छ । अल्सर भई रक्तश्रावको शंका भएकाले थप जटिलता हुने जस्तो देखिएको छ ।

 


Author

थप समाचार
x