प्रमुख समाचार

लुम्बिनीमा चार कोभिड-१९ संक्रमितको मृत्यु

इकागज |
बैशाख ५, २०७८ आइतबार ८:४९ बजे

बुटवल : लुम्बिनी प्रदेशमा एकै रातमा कोभिड-१९ का ४ संक्रमितको मृत्यु भएको छ । भैरहवा मेडिकल कलेजमा एक र भेरी कोभिड विषेश अस्पतालमा तीन जनाको मृत्यु भएको हो । 

भैरहवास्थित मेडिकल कलेजमा रुपन्देहीको  मायादेवी  गाउँपालिका-५ की ६५  वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला  प्रहरी  कार्यालय रुपन्देहीका  प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी  दिए । 


त्यस्तै, नेपालगन्जको  भेरी  कोरोना  विशेष अस्पतालमा बर्दियाको राजपुर गाउँपालिका-१ का ७३  वर्षीय पुरुष, बाँके जिल्लाको  बैजनाथ  गाउँपालिका-८ की ७८ वर्षीया महिला  र दैलेखको नारायण गाउँपालिका-१ की ६८  वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको भेरी कोरोना  विशेष अस्पतालले जनाएको छ  ।  हालसम्म  भेरी अस्पतालमा ९६ जना संक्रमितमध्ये ६०  जनाको  ज्यान  गएको छ  ।
 


Author

थप समाचार
x