प्रमुख समाचार

'बेलायती भेरियन्ट'को संक्रमणमा युवा बढी, डब्लूएचओको चेतावनी

नेपालमा आईसीयू र भेन्टिलेटर अभाव हुँदै

इकागज |
बैशाख ५, २०७८ आइतबार १९:५२ बजे

काठमाडौँ : मुलुकभर कोभिड-१९ को संक्रमण बढेपछि अस्पतालमा भेन्टिलेटर अभाव हुने भएको छ । बेलायती भेरियन्टको कोभिड-१९ संक्रमण ब्यापक रूपमा बढेपछि मुलुकभर यसको उपचारमा समस्या देखा पर्न थालेको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सलटेन्ट डा.अनुप बाँस्तोलाका अनसार पछिल्लो समय कोभिड-१९ को नयाँ भेरियन्टको संक्रमणले  युवा पुस्तालाई धेरै गाँजेको छ । कोभिड-१९ का विरामी औसत दुई सातासम्म आईसीयूमा बस्‍न पर्ने हुनाले यसरी नै विरामी थपिदै जाँदा उपचारमा आईसीयू र भेन्टिलेटर अभावको समस्या देखा पर्ने भन्दै सबैलाई सतर्क रहन उनको सुझाएका छन् । 


बेलायती भेरियन्टबाट संक्रमितलाई अस्पताल नै भर्ना भएर सघन उपचार गर्नु पर्ने मात्र हाेइन यसकाे मृत्युदर पनि बढी हुने विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । समयमा नै सचेत रहँदै त्यसका लागि आफू सुरक्षीत हुने बाटो तय गर्न समेत डब्लूएचओले आह्वान गर्दै आएको छ । सरकारी तथ्यांकलाई नियाल्दा यतिबेला मुलुकभरका १० प्रतिशत बढी भेन्टिलेटर कोभिडका जटील विरामीले भरिएका छन् । मुलुकभर कोभिड-१९को विरामीका लागि भनेर छुट्टाइएका साढे चार सयभन्दा बढी भेन्टिलेटर मध्ये ५० भेन्टिलेटरमा कोभिडका विरामी र एक सय बढी आइसीयू बेडमा कोभिड-१९ का संक्रमितहरू उपचारार्थ छन् ।

एक साता यता आईसीयू र भेन्टिलेटर उपयोग गर्ने विरामीको संख्या दैनिक बढेको हो । ‘कोभिड संक्रमणले आईसीयू र भेन्टिलेटर चाहिने बिरामीको संख्या बढ्दै गएको  स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौँ बाहिर खासगरी भारतीय सीमा जोडिएको जिल्लामा त कोभिडको संक्रमण बढी देखिएको र त्यहाँको अस्पतालमा भेन्टिलेटर र आईसीयू पाउन कठिन हुन थालेको छ । 

सरकारी तथ्यांकलाई केलाउने हो भने सबै क्षेत्रमा कोभिडको संक्रमित बढ्दो छ । काठमाडौँका अधिकांश अस्पतालमा भेन्टिलेटर र आईसीयू कक्ष भरिएका छन् । जटिल बिरामी बढेपछि अन्य उपचारका लागि छुट्याइएको आईसीयू र भेन्टिलेटर पनि कोभिडकै लागि उपयोग गर्नपर्ने अवस्था आएको छ । 

कोभिडको दोस्रो लहरमा मृत्यु हुनेहको संख्या पनि उच्च रहेको सरकारी आंकडाले देखाउँछ । जटिल भएपछि अस्पताल पुग्ने प्रथाको कारण यस्तो भएको हुनसक्ने चिकित्सकहरूले बताउँदै आएका छन् । संक्रमितले आफूलाई आशंका लाग्‍ने वित्तिकै परीक्षण नगर्दा समस्या भएको सरकारी बुझाई छ । यो तवरले संक्रमण बढेमा उपत्यकामा आईसीयू र भेन्टिलेटर नपाउने अवस्था आउँने देखिएको पनि सरकारी अधिकारीले स्पष्ट पारे । 


Author

थप समाचार
x