प्रमुख समाचार

एमालेको नेतृत्व विवाद

एमालेका प्रवास संगठन पनि दुई चिरामा विभक्त

मञ्‍जु गुरुङ |
बैशाख ५, २०७८ आइतबार २०:४३ बजे

काठमाडाैँ : सत्तारुढ दल नेकपा एमालेका नेतृत्वमा देखिएको विवादको टक्कर अन्तराष्ट्रिय क्षेत्रमा पनि पर्न थालेको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालले आ-आफ्नो पक्षलाई संगठित गर्नेक्रममा दक्षिण कोरियामा पनि दुवै पक्षबाट नेतृत्व चयन गर्दै संगठन विस्तार गरेको छ ।

यसैक्रममा गत शनिबार भर्चुअल जुम मार्फत कोरियामा  नेपाल पक्षकाहरूको पनि कार्यसमिति गठन गरी  संगठन घोषणा गरेको हो । शुभराज भोम्जनको नेतृत्वमा प्रवासी नेपाली मञ्‍च, दक्षिण कोरियाको केन्द्रीय कार्यसमिति गठन भएको छ। शनिबार अर्थात अप्रिल १७ मा सप्पन्‍न उक्त घोषणा सभाले भोम्जनको नेतृत्वमा १७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो।


नव गठित समितिको प्रमुख सल्लाहकारमा सन्तोष बराल चयन गरिएको छ भने उपाध्यक्षमा अर्जुन बा जागरी र रमेश थापा मगरलाई चयन गरिएको छ। यसैगरी महासचिवमा राजकुमार राई (राजु), सचीवमा अनिता रुम्बा, कोषाध्यक्षमा जगत बा वाईबा चनयन भएका छन्। सूचना तथा संञ्चार विभागमा अमीर योन्जन,अनुसाशन विभाग प्रमुख जगदिश घराडी , युवा विभाग प्रमुखमा दशरथ कुवँरलाई चयन गरिएको छ।

केन्द्रीय सदस्यहरूमा झलक क्षेत्री, उमेश कुवर ,युवराज राई ,धन कुमार राई, टिकाराम भट्टराई, उदिप थुलुङ, मदनकुमार गौतम र कृष्ण देउजा  छन् । नेकपा एमाले केन्द्रीय सदस्य एवम प्रवास समन्वयकर्ता श्रीप्रसाद साहको प्रमुख आतिथ्य र पुर्वी एसीया इन्चार्ज पार्टी केन्द्रीय सदस्य राजन राईको विषेश आतिथ्य रहेको थियो भने सभालाई सन्तोष बरालले अध्यक्षता गरेका थिए। घोषणा सभालाई भर्चुअल बैठकबाट नै सम्पन्‍न गरिएको थियो।

कार्यसमितिलाई परिस्थिति अनुसार थप घट गर्दै लैजाने र कोरियामा रहेका नेकपा एमाले बिचार धार र अग्रगामी बिचार धारका कम्युनिस्ट एकता पक्षधरहरूसँग समन्वय गर्दै जाने नवनिर्वाचित अध्यक्ष भोम्जनले बताए ।

 


Author

मञ्‍जु गुरुङ

गुरुङ दक्षिण कोरियास्थित इकागज स‌ंवाददाता हुन् ।


थप समाचार
x